
फागुन २ , हेटौडा
हेटौडा उपमहानगर पालिका १७ नम्वर वडामा रहेको सालक पार्कको स्थर उन्नतीको लागी आज वाट सप्ताह सुरु भएको छ ।
चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहद्वारा आयोजित १००८ स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग अनुष्ठानको बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका हुन । मुख्यमन्त्री पौडेलले वन समूहद्वारा निर्मित सालक पार्कमा आयोजित सप्ताह को उद्घाटन गर्दै सामुदायिक वनले निक्कै राम्रो कार्यको थालनी गरेको र यस पवित्र कार्यमा बागमती प्रदेश सरकारको साथ रहेको बताएका थिए ।
‘महाशिवरात्री’ तथा ‘नेपाल भ्रमण वर्ष २०२०’ को अवसर पारी आध्यात्मिक चिन्तनद्वारा राष्ट्र शान्ति, लोक कल्याण, समस्त जीवात्महरुको सुख, शान्ति एवं सम्पूर्ण ज्ञात–अज्ञात आत्माहरुको मोक्ष प्राप्तिको हेतु विश्वकै लोपोन्मूख सूचिमा सूचिकृत सालकको संरक्षणार्थ निर्मित ‘सालक पार्क’ को प्रचार–प्रसार, संरक्षण, विकास एवं दिव्य पाशुपात धाम ज्योतिर्लिङ्ग स्थापनाको उद्देश्य राखी यही २०७६ साल फाल्गुण २ गतेदेखि १० गतेसम्म अमृतमय १००८ स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग अनुष्ठान–२०७६ को आयोजना गरिएको प्रचार प्रसार समितीका संयोजक नबराज न्यौपानेले बताएका छन ।
फाल्गुण २ गतेदेखि शुरु भई १० गतेसम्म सञ्चालन हुने उक्त अनुष्ठानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले बागमती प्रदेशको गहनाको रुपमा निर्मित यो पार्कले यस क्षेत्रको पर्यटकीय आकर्षण बढाएको दावी गरे । कान्तीलोकपथ सुचारु भए संगै सालक पार्कको महत्व अझ प्रगाड रहने मुख्यमन्त्री पौडेलको भनाई रहेको थियो । उनले भने ‘सालक संरक्षणमा सर्वत्र ध्यानाकर्षण गराउने उद्देश्यले यो सालक पार्क निर्माण गरेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको यो उदाहरणीय प्रयासको कदर गर्नै पर्छ ।’ मुख्यमन्त्री पौडेलले यो सालक पार्क प्रबद्र्धन गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको महायज्ञ सफलताका शुभकामना पनि ब्यक्त गरे । उनले यस्ता उपलब्धीमूलक कार्यक्रमहरुमा प्रदेश सरकारको महत्वपूर्ण साथ रहने पनि बाचा गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमूख रघुनाथ खुलालले अनुष्ठान सफालताको शुभकामना ब्यक्त गर्दै यस चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले वन उपभोक्ताहरुको अथक परिश्रम र मेहनतबाट यो वनले यस क्षेत्रको गौरव गर्न लायक संरचना निर्माण गरेकोमा प्रशंसा गरेका थिए । उनले विश्वकै लोपोन्मूख सूचिमा सूचिकृत दुर्लभ वन्यजन्तु सालक संरक्षण गर्न सर्वत्र सन्देश पुग्न सकोस् भन्ने शुभकामना पनि व्यक्त गरेका थिए ।
वन समूहका अध्यक्ष अर्जुन दाहालको सभापतित्वमा आयोजित १००८ स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग अनुष्ठानको उद्घाटन समारोहमा अतिथिका रुपमा सहभागी सर्वोच्च अदालतका बरिष्ठ अधिबक्ता घनश्यामप्रसाद गौतमले पनि शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेस मकवानपुरका नेता एवम् नगर सभापती आनन्दराम पराजुली आकाश गोले प्रदेश प्रहरी कार्यालयका एस एस पी लगाएतको आतिथ्यता रहेको थियो ।
राष्ट्रिय विभूषित नारीरत्न विदुषी सूश्री अनुराधा शास्त्रीजीको कथा बाचन र देशव्यापी १०८ श्रीमद्भागवत सत्सङ्कल्प अभियानकर्ता मुमुक्षु उद्धव शर्माको ६६ संस्करणस्वरुप चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको सो अनुष्ठानको उद्घाटन समारोहमा श्री महेश्वर सुरेश्वर बृन्दावन मात्रृछाया स्वामी आनन्द सागरजीको पनि विशिष्ठ आतिथ्यता रहेको थियो । त्यसैगरी नेपाल ज्योतिष परिषद् केन्द्रीय बरिष्ठ उपाध्यक्ष ज्योतिष पं केशवप्रसाद धिताललगायत अन्य धार्मिक गुरुहरुको समेत अतिथिको रुपमा सहभागिता रहेको थियो । महायज्ञको उद्घाटन समारोह समापन गर्दै वन समूहका अध्यक्ष एवं महायज्ञ मुल समारोह संयोजक अर्जुन दाहालले पार्कमा नै महायज्ञको आयोजना गरेर यो पार्कको निर्माण र व्यवस्थापन कार्य सम्पन्न गर्न यसको प्रचार प्रसार गरी सालक संरक्षणमा विश्वव्यापी सन्देश पुग्न सक्ने पुन्य कार्य सम्पन्न गर्न आध्यात्मिक अनुष्ठानको आयोजना गरिए प्रष्ट पारेका थिए । उद्घाटन समारोह शुरु गर्नु अघि स्थानीय महिलाहरुले भव्य कलशयात्रा गरेका थिए भने अनुष्ठान सञ्चालनको अघिल्लो दिन चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका तर्फबाट मोटरसाईक र्यालीको आयोजना गरिएको थियो ।

