हेटौँडाको नेपाल बैंकमा फिल्मी शैलिमा खुकुरी लिएर मान्छे काट्छु भन्दै छिरेपछि ,,,,,,

हेटौंडा टुडे
२ फाल्गुन २०७६, शुक्रबार २१:४२

फागुन २ , हेटौडा

जिल्ला प्रहरि कार्यलय मकवानपुरले आज नेपाल बैंक लिमिटेड हेटौंडाका शाखा प्रमुख म्यानेजरलाई काट्छु भन्दै खुकुरी देखाउने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा–४ चिल्ड्रेन पार्क बस्ने ४४ वर्षीय गजेन्द्र राज गिरी रहेका छन्  गिरीले बैंकको म्यानेजरसँग फागुन १ गते गरगहना धितो राखेर ऋण माग्न आएका र उनको कुरालाई म्यानेजरले नमानेपछि पख म देखाईदिन्छु भन्दै हिडेको उनि आज बा ५ प २६२५ नंबरको कारमा आएर खुकुरी लिई म्यानेजर काट्छु भन्दै नेपाल बैंक शाखामा हंगामा मच्चिए संगै आतंक सृजना गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । नियन्त्रणमा लिन खोज्दा गिरीले प्रहरीलाई नै खुकुरी प्रहार गर्न खोजेका थिए । गिरीलाई प्रहरीले पेस्तोल ताकेर गोली हान्छु भनेपछि उनी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक टिका बहादुर कार्कीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*