गढिमा जिप लाईनको राम्रो चहल पहल, दोस्रो दिन ६० जनाले लिए सेवा

हेटौंडा टुडे
३ फाल्गुन २०७६, शनिबार २१:३७

फागुन ३ , हेटौडा

हिजो सुक्रबारबाट मकबानपुर गढि दरबार नजिकै ताप्लाखर्कमा सुरु गरिएको जिप लाईनको आज दोस्रो दिन राम्रै चहल पहल भएको छ । मकबानपुर जिल्ला भित्र मात्रै नभई मकवानपुर जिल्ला बाहिरबाट आउनेको सख्यां उल्लेखनिय रहेको छ । आज दोस्रो दिन जिप लाईनमा सेवा लिनेको सख्या ६० जना रहेको छ भने हिजो पहिलो दिन १०० जनाले सेवा लिएका थिए । बिहान ९ बजेबाट साझ ५ बजे सेवा सुचारु हुने भए पनि आन्तरिक पर्यटनको चापले गर्दा हिजो साझ साडे छ बजे सम्म र आज पनि साझ ६ बजे सम्म सेबा सूचारु भएको थियो ।

 

झन्डै १५ करोड लगानी रहेको मकवानपुरगढी जीपलाईन, होटल गढी भ्यु एण्ड रिसोर्ट जिपलाईन लाई छिट्टै सञ्चालन तयारिमा रहेको छ । निमार्णाधिन रिसोर्टमा १७ वटा डिलक्स कोठा सहित रेष्टुरेन्ट, कफिसप, स्वीमिङ पुल सहित निर्माण हुन लागेको रिसोर्टमा टेन्टमा सुत्ने व्यवस्था र डिजे पार्टी हुने सन्चालक दिलिप घिमिरेले जानकारि दिएका छन ।

जिपलाइनमा फागुन महिनाभर २० प्रतिशत छुट रहने जनाइएको छ । जिपलाईन खेल्न सिंघलको २ हजार, डबलको ३ हजार पाँच सय, र सुपरम्यानको ३ हजार दररेट रहेको जनाइएको छ । हेटौंडा बजारबाट झण्डै १८ किलोमिटर टाढा रहेको जीपलाईनमा  १ किलोमिटर लम्बाईमा रहेको  छ ।

 

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image