प्रधानमन्त्रीले नेपालको नक्सा अङ्कित केक काट्दा सामाजिक सञ्जालमा आलोचना

‘मेरो देश जन्मदिनको केक होइन !’

हेटौंडा टुडे
१२ फाल्गुन २०७६, सोमबार ११:२५

१२ फागुन, काठमाडौँ /प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मोत्सव ‘राजसी’ शैलीमा मनाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । आफैले जारी गरेको पार्टीको आचारसंहितालाई लत्याउँदै प्रधानमन्त्री केपी ओलीले सरकारी निवास बालुवाटारा केक काटेपछि आइतबार लावालस्करसहित हेलिकप्टरमा पुर्ख्यौली घर तेह्रथुमको आठराई पुगे । प्रम ओलीले त्यहाँ पनि हेलिकप्टरबाट बोकिएको १५ किलोको केट काटे, करिब ६ हजारलाई भोज खुवाए । आफ्नो जन्मथलोमा उनले जुन १५ किलोको केक काटे त्यसमा नेपालमा नक्सा बनाइएको थियो । नेपालको नक्सा अंकित केकमाथि चक्कु चलाएको भन्दै उनको व्यापक आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा यो विषय निकै भाइरल भइरहेको छ ।

कतिले उनलाई ‘रगत प्यूने शासक’ भने त कतिले उनलाई ‘यतिसम्मको घिनलाग्दो सांस्कृतिक मजाक’ नगर्न सल्लाह पनि दिएका छन् । केक अगाडि राखिएको प्रधानमन्त्रीको फोटो सेयर गर्दै पत्रकार, नेतालगायतका सर्वसाधारणले आफ्नो असन्तुष्टि पोखेका छन् ।

घटना र विचारकी सम्पादक बबिता बस्नेतले लेखेकी छिन्, ‘जसको उपहार भए पनि यो राम्रो भएन प्रधानमन्त्रीज्यू, आफ्नो देशको नक्सा काटेर जन्म दिन मनाउने त्यो पनि देशको प्रधानमन्त्रीले ? हेर्दै मन झसङ्ग भयो । जन्म दिनको अवसरमा यहाँलाई सुस्वास्थ्य र दिर्घायुको लागि शुभकामना छ । साथै प्रश्न पनि छ, यो केकको अवधारणाकार को हो ?’

यस्तै रुटिन अफ एजुकेसन नामको फेसबुक पेजमा लेखिएको छ, ‘नेपालको नक्सालाई जन्मदिनको ‘केक’ बनाउने हात कामेनन् । देशको नक्सालाई ‘केक’ बनाएर काट्ने हात कामेनन् । न त कामे नेताका हातहरु न कार्यकर्ताका । यस्तो देखेर लाज मान्ने र मुटु कमाउने त हामी निरीह नागरिक मात्र हौं । धन्न भारतीय र चिनियाँ राजदूत त्यहाँ रहेनछन् । नत्र कुन टुक्रा कसले खाने भन्नेमा झगडा पनि पर्न सक्थ्यो !’

यस्तै अनुराग अनन्तले लेखेका छन्, ‘मेरो देश ‘केक’ होइन । मेरो देशको प्रधानमन्त्रीज्यूले जन्मदिनको अवसरमा देशको प्रतीक केक काटेर जन्मोत्सव मनाउनु आपत्तीजनक छ । के सन्देश दिन खोजिएको हो ? अनि यस्ता हर्कत गर्न उक्साउने पछाडिका पात्र को हुन् ?’

यस्तै जागृत रायमाझीले लेखेका छन्, ‘प्रिय पिएम ! एक हजार वर्ष बाँच हृदयदेखीकै शुभेच्छा ! तर यतिसम्मको घिनलाग्दो सांस्कृतिक मजाक नगर न हौ नगर !’

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मोत्सव ‘राजसी’ शैलीमा मनाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । आफैले जारी गरेको पार्टीको आचारसंहितालाई लत्याउँदै प्रधानमन्त्री केपी ओलीले सरकारी निवास बालुवाटारा केक काटेपछि आइतबार लावालस्करसहित हेलिकप्टरमा पुर्ख्यौली घर तेह्रथुमको आठराई पुगे । प्रम ओलीले त्यहाँ पनि हेलिकप्टरबाट बोकिएको १५ किलोको केट काटे, करिब ६ हजारलाई भोज खुवाए ।

आफ्नो जन्मथलोमा उनले जुन १५ किलोको केक काटे त्यसमा नेपालमा नक्सा बनाइएको थियो । नेपालको नक्सा अंकित केकमाथि चक्कु चलाएको भन्दै उनको व्यापक आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा यो विषय निकै भाइरल भइरहेको छ ।

कतिले उनलाई ‘रगत प्यूने शासक’ भने त कतिले उनलाई ‘यतिसम्मको घिनलाग्दो सांस्कृतिक मजाक’ नगर्न सल्लाह पनि दिएका छन् ।

केक अगाडि राखिएको प्रधानमन्त्रीको फोटो सेयर गर्दै पत्रकार, नेतालगायतका सर्वसाधारणले आफ्नो असन्तुष्टि पोखेका छन् ।

घटना र विचारकी सम्पादक बबिता बस्नेतले लेखेकी छिन्, ‘जसको उपहार भए पनि यो राम्रो भएन प्रधानमन्त्रीज्यू, आफ्नो देशको नक्सा काटेर जन्म दिन मनाउने त्यो पनि देशको प्रधानमन्त्रीले ? हेर्दै मन झसङ्ग भयो । जन्म दिनको अवसरमा यहाँलाई सुस्वास्थ्य र दिर्घायुको लागि शुभकामना छ । साथै प्रश्न पनि छ, यो केकको अवधारणाकार को हो ?’

यस्तै रुटिन अफ एजुकेसन नामको फेसबुक पेजमा लेखिएको छ, ‘नेपालको नक्सालाई जन्मदिनको ‘केक’ बनाउने हात कामेनन् । देशको नक्सालाई ‘केक’ बनाएर काट्ने हात कामेनन् । न त कामे नेताका हातहरु न कार्यकर्ताका । यस्तो देखेर लाज मान्ने र मुटु कमाउने त हामी निरीह नागरिक मात्र हौं । धन्न भारतीय र चिनियाँ राजदूत त्यहाँ रहेनछन् । नत्र कुन टुक्रा कसले खाने भन्नेमा झगडा पनि पर्न सक्थ्यो !’

यस्तै अनुराग अनन्तले लेखेका छन्, ‘मेरो देश ‘केक’ होइन । मेरो देशको प्रधानमन्त्रीज्यूले जन्मदिनको अवसरमा देशको प्रतीक केक काटेर जन्मोत्सव मनाउनु आपत्तीजनक छ । के सन्देश दिन खोजिएको हो ? अनि यस्ता हर्कत गर्न उक्साउने पछाडिका पात्र को हुन् ?’

यस्तै जागृत रायमाझीले लेखेका छन्, ‘प्रिय पिएम ! एक हजार वर्ष बाँच हृदयदेखीकै शुभेच्छा ! तर यतिसम्मको घिनलाग्दो सांस्कृतिक मजाक नगर न हौ नगर !’

यस्तै एक व्यक्तिले लेखेका छन्, ‘चक्कु चलाउने शासक, आफ्नै आमालाई रेटी रेटी रगत प्यूने शासक बस निरीह जनता..’

यस्तै प्रकास पोखरेलले लेखेका छन्, ‘चाँदीका किस्तीमा सीमाको लालपुर्जा दिल्ली दरबारमा बुझाएर सत्ताको टिको थाप्नेहरुलाई के थाहा मातृभुमिको महत्व ? देशको नक्सा जन्म दिनको केक बनाएर काट्दै प्रम’

साथै प्रकाश चन्द्र परियार लेख्छन्, ‘सुझबुझ बिना राजनेता हुन सकिन्न ! सम्माननीय ओलीले मेरो जन्मदिनमा नेपालकै नक्सा बनाएर केक ल्याउनु नभन्न सक्छन् । तर जब नेपालको नक्सा सहितको केक अघि आयो उनले कसरी चक्कु उठाउन सके ? हो, सुझबुझ यसै कारण चाहिने हो, भन्नु पर्दथ्यो नेपाल मातालाई काटेर म कसरी आफ्नो जन्मदिन मनाउन सक्छु ?’

यस्तै विष्णु गौतम लेख्छन्, ‘धन्यवाद प्रधानमन्त्री ज्यू… फेसबुकेहरुलाई २४ घण्टे मसला दिनुभयो । केकमाथि लेखिएको नाम काटिँदा र त्यसमाथि बालिएको बत्ती निभाउँदा कसको जीवन निभेको छ र ? तर पनि यति भनिरहँदा यो केक कटाइको उत्सव ‘मर्नेबेलामा हरियो काँक्रो’ जस्तो लाग्यो मलाई ।’

तर कतिले विदेशमा पनि देशको फोटो राखेर काट्ने चलन छ भनेर प्रधानमन्त्रीको बचाउ पनि गरेका छन् ।

सरोज पौडेलले लेखेका छन्, ‘प्रधानमन्त्रीले विदेशी संस्कृती किन अनुसरण गरेको भन्ने तर्कसंग सहमत हुन सकिएला, जन्मदिन मनाऊने अरु ऊपाय थिए भन्न सकिएला तर नेपालको नक्सा केकमा किन राखेको भन्ने तर्कसँग चै फिटिक्कै सहमत हुन सकिएन । केक विदेशी संस्कृती हो, विदेशमा पनि केकमा देशको फोटो राखेर काटने चलन त रहेछ । फेरी यहि पनि त हामी आफ्नै नामको केक काटछौ, बत्ति निभाउछौँ । आफुले गर्दा ठीक र अरुले गर्दा बेठिक अनि बिरोध कै लागि बिरोध गर्ने तोरीलाऊरे तर्क चै नगर्दा नै राम्रो… बाँकी तस्विर आफै बोल्छ ।’

 

साभार रातोपटि बाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*