आठौं महिला उद्यमी मेला चैत्रमा हुने,मेलामा नि:शुल्क आँखा,स्वास्थ्य शिविर

हेटौंडा टुडे संवादाता
१८ फाल्गुन २०७६, आईतवार १७:४४

फागुन १८ हेटौंडा /हेटौंडामा आठौं महिला उद्यमी कृषि व्यापार तथा पर्यटन मेला हुने भएको छ ।
भिजिट नेपाल ट्वान्टी ट्वान्टीलाई मध्यनजर गर्दै महिला उद्यमी कृषि व्यापार तथा पर्यटन मेला हुनेभएको हो । आइतबार (आज)  पत्रकार सम्मेलन गर्दै यहि चैतको १६ गते देखि २२ गतेसम्म मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको आयोजनामा पल्पसा सभागृहमा मेला हुने जानकारी दिइएको छ ।

मेलामा विभिन्न किसिमका महिला उद्यमीका स्टल रहेन, विभिन्न प्रकारका खाने, महिलासम्बन्धी निशुल्क स्वास्थ्य शिविर , निशुल्क थ्रेडिङ, निशुल्क मेहन्दीको स्टल, प्रत्येक दिन स्थानिय कलाकारको प्रस्तुति रहने, खुल्ला नित्य, निशुल्क आँखा शिविर सहितको स्टल रहेने र प्रवेश शुल्क निशुल्क रहेको महिला उद्यमी विकास समितिका सभापति निलम बैद्यले पत्रकार सम्मेलनमा बताउनुभयो ।

महिला उद्यमीलाई प्रोत्शाहन गर्न र भ्रमण बर्षलाई सफल पार्न मेलाको आयोजना गर्न लागिएको सभापति बैद्य बताउँछिन् । मेलामा कुल ११ लाख खर्च अनुमान गरेको आयोजकले जनाएको छ । बैद्यका अनुसार ५५ वटा स्टल निर्माण हुने जस मध्ये १० वटा विभिन्न अशक्त तथा ग्रामिण क्षेत्रका महिलाहरुको उत्पादन राख्न निशुल्क उपलब्ध गराउने बताउँछिन्  ।

      पत्रकार सम्मेलन

पत्रकार सम्मेलनमा अध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष रामप्रसाद न्यौपाने, सदस्य प्रतिमा श्रेष्ठ, राजाराम कार्की, कृष्ण प्रसाद ढुंगाना,कुल प्रसाद चौलागाई लगायत महिला उद्यमीहरुको उपस्थिती रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*