लकडाउन अवज्ञा

लकडाउन अवज्ञा गर्ने लाई प्रशासनको संरक्षण / संघिय संसद दहालको नाम भजाउदै लकडाउन अवज्ञा गर्दै

टुडे संवादाता
२३ चैत्र २०७६, आईतवार १३:१७

 चैत्र २३,हेटौंडा /विश्व लाई कोरना संक्रमणले भयावह बनाई रहंदा वागमती प्रदेश को राजधानी हेटौडामा भने एल जी कृषि फार्मलाई भने यो कोरना यो लकडाउन उत्सब जस्तै देखिएको छ ।

नेपालमा लक डाउन लागु भाएको आज १३ औ दिन वितीसक्दा समेत हेटौडा १६ मा रहेको एल जी कृषि फार्मले आफ्नो कामलाई नरोकी धभाधम केही थान एक्साभेटर र कयौ टिफर प्रयोग गरी काम सुरु गरी रहेको छ । अती आवस्यक कामका लागी ओहोर दोहोर गर्ने नागरिकलाई पक्राउ गर्ने मकवानपुर प्रहरी भने उक्त कार्यमा भने संरक्षकको भुमीका निर्वाह गरी रहेको छ ।

स्थानिय नागरिकले पटक पटक जिल्ला प्रशासन कार्यालय मकवानपुर जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई समेत जानकारी गराउदा समेत प्रशासन ले कुनै सुनुवाई नगरेको स्थानियवासी को गुनासो रहेको छ । पशु पन्छी तथा मत्स्य विकाश निर्देशनालय वागमती प्रदेश को ४८ लाख अनुदानमा एल जी कृषि फार्म ले माछा पोखरी निर्माण कार्य गरेको र लकडाउन को अवज्ञा गर्दै उक्त कार्य गरिरहेको प्रती स्थानियवासीले चिन्ता व्यक्त गरेका छन । स्थानियवासी भन्छन” कसैलाई काखा कसैलाई पाखा गरेर हुने खाने बर्गको पक्ष पोषणमा राज्य लागेको छ ।

हामीले आफ्नै वारीमा उत्पादन गरेको तरकारी बजार पुर्याउने कार्यमा बाधा गर्ने मकवानपुर प्रहरी अहिले कयौ एक्साभेटर कयौ टिफर चलाएर काम गर्दा आफै संरक्षक बनेको छ । हेटौडा १६ मा लकडाउनको अवज्ञा गर्दै कयौ एक्साभेटर टिफर चलाउने एल जी फार्मका संचालक गणेश प्रसाद दहालले आफुलाई लकडाउनले नछुने र हामीले प्रहरीलाई मिलाई सकेको साथै आफु सासद कृष्ण दहालको भाई भएको कारण लकडाउन ले कुनै असर नगर्ने भन्दै स्थानिय नागरिक हरु सित भन्ने गरेको नागरिकको भनाई रहेको छ ।

प्रतीनिधीसभा मकवानपुर क्षेत्र नम्वर एक बाट प्रतीनिधी गरेका कृष्ण दहालको भाई हो भन्दैमा राज्यको कानुन नलाग्ने हो र ? पटक पटक प्रहरी प्रसाशन आउने गरेको र हेरेर मात्र जानुले प्रहरी प्रसाशनको समेत मिलेमह्त्व हुन सक्ने स्थानियले भनेका छन । तत्काल उक्त कार्य लकडाउन भरी नरोकिए त्यस क्षेत्रका सबै व्यवसायी हरुले पनी आफ्नो सवारी साधन संचालनमा ल्याउने जननी नेपालमा समाचार छ ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*