विनाशकारी भूकम्पको पाँच वर्ष पूरा

हेटौंडा टुडे
१२ बैशाख २०७७, शुक्रबार ०९:३३

वैशाख १२, हेटौंडा

विनाशकारी भूकम्प गएको आज पाँच वर्ष पुगेको छ ।  ५ वर्ष अघि आजैका दिन बारपाक केन्द्रबिन्दू बनाएर आएको भूकम्पले ठूलो क्षति गरेको थियो । काठमाडौँको धरहरा सहित यस भूकम्पपछि क्षतिग्रस्त बनेका अधिकांश संरचनाको पुनर्निर्माण बाँकी नै छ ।

२०७२ साल वैशाख  १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा ७.८ म्याग्निच्युटको विनाशकारी भूकम्प र त्यसपछि निरन्तर पराकम्प गइरहेका थिए । भोलिपल्टै फेरि ६.७ रेक्टर स्केलको अर्को ठूलो पराकम्प गयो । त्यस्तै, २९ वैशाखमा दोलखाको सिंगटीलाई केन्द्रविन्दु बनाएर अर्को शक्तिशाली पराकम्प गएको थियो ।

यस  भूकम्पका कारण आठ हजार सात सय ९० जनाको ज्यान गएको थियो । झण्डै २२ हजार नागरिक घाइते भएका थिए ।। १९९० सालको भूकम्पछि यो नेपालमा आएको सबैभन्दा विनाशकारी भूकम्प थियो । यसले चीन, भारत र बंगलादेशलाई समेत प्रभावित बनेको थियो । भूटान र पाकिस्तानमा पनि धक्का महसुस गरियो । नेपालको अर्थतन्त्र लामो समय प्रभावित ग¥यो र लाखौं नेपालीलाई फेरि गरिबीको रेखामुनी पुत्याईदियो । ९ सय २० वटा सम्पदामध्ये चार सय दुई वटा सम्पदाको पुनर्निर्माण भएको छ । महत्वपूर्ण धरोहर धरहरासहित रानीपोखरी, काष्ठमण्डप, सिंहदरबार, नुवाकोट दरबार, गुम्बालगायतको पुनर्निर्माण सक्ने काम पनि बाँकी नै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*