उपत्यकाको २६ वटा मुख्य चोकमा ट्राफिक प्रहरीलाई पिपिई

टुडे संवाददाता
२ जेष्ठ २०७७, शुक्रबार १९:५७

जेष्ठ २,हेटौंडा /सरकारले जारी गरेको ‘लकडाउन’लाई कडाइका साथ कार्यान्वयन गराउन फ्रन्टलाइनमा रहेर ट्राफिक प्रहरी अहोरात्र खटिँदै आएको छ। ट्राफिक प्रहरीले सवारी आवागमनलाई व्यबस्थित र कडाई गर्नका लागी चेकजाँच र सोधपुछ गर्दा सवारी चालकसंग सबैभन्दा पहिले ‘फेस’ गर्नु पदर्छ जसले गर्दा कोरोना भाइरस संक्रमणको उच्च जोखिममा ट्राफिक प्रहरी रहेको छ ।

दैनिक सडकमा खटिनुपर्ने ट्राफिक प्रहरीलाई कोरोना भाइरसबाट हुने जोखिम न्युनिकरणका लागी महाशाखाले उपत्यकाको २६ वटा मुख्य चोक तथा नाकाहरूमा खटिने ट्राफिक प्रहरीलाई पिपिई (पर्सनल प्रोटेक्ट इक्वीपमेन्ट) र ४६ स्थानमा फेस सिल्ड (भाईजर) पञ्जालगाई डिउटी गर्ने व्यबस्था मिलाइएको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिएका छन् ।

एसएसपी ढकालले,”ट्राफिक प्रहरी सडकमा प्रत्यक्षरुपमाखट्टिनुपर्ने भएकाले माहामारीको रुपमा फैलिरहेको कोरोनो भाइरस संक्रमणबाट बच्नका लागि पुर्ब साबधानी अपनाउन यस्तो व्यवस्था गरिएको हो ।पर्याप्त मात्रामा पिपिई नभएकाले पिपिई नभएकात्यस्ता स्थानमा खटिने ट्राफिक प्रहरीलाई भने कम्तिमा २ मिटरको सामाजिक दुरी कायम राखि सुरक्षित भई चेकजाँचको व्यबस्था मिलाएको बताए ।

महाशाखाले प्रत्येक ट्राफिकप्रहरीलाई सेनिटाइजरसँगै मास्क, पञ्जा, सावुन आबश्कता अनुसार बितरण गरिरहेको र यसबाट बच्ने उपाय तथा पालना गर्नुपर्ने साबधानी लगायतका बिषयहरुमा नियमित रुपमा ब्रिफिङ समेत गरिरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले बताउनुभयो ।

प्रबक्ता श्रेष्ठले लकडाउनलाई कडाईका साथ पालना गराउन खटिने सम्पुर्ण ट्राफिक प्रहरीलाई सुरक्षित भई सामाजिक दुरी कायम राखी चेकजाँच र सवारी व्यबस्थापन गर्न दैनिक निर्देशन र अनुगमन एव सचेत गराइरहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*