मकवानपुरगढीमा रहेका कुखुरापालक किसान तथा ब्यवसायीहरुले गाउँपालिकामा बुझाए ज्ञापनपत्र

टुडे संवाददाता
८ जेष्ठ २०७७, बिहीबार २०:४५

जेठ ८,हेटौंडा /मकवानपुरगढी गाउँपालीकामा रहेका कुखुरा पालक किसान र व्यबसाहिहरुले आज गाउँपालीकालाई ज्ञापन पत्र बूझाएका छन् । गाउँपालीकामा २ सय जना भन्दा बढि कुखुरा पालक किसानको १५ करोड भन्दा बढि लगानी डुब्ने अवस्थामा किसानहरुले गाउँपालीकालाइ ज्ञापन पत्र बूझाईएको हो ।

विश्वभर फैलीएको कोरोना भाईरसको संक्रमणबाट बच्न नेपाल सरकारले लगडाउन गरेको छ । यस अवस्थामा कुखुरा र अण्डाको मूल्य अत्याधिक घटेको छ । लागत मूल्य नै नहुँदा किसानहरु घाटामा परिरहेको अवस्था छ । उत्पादित बस्तु कुखुरा र अण्डा बजार लगेर बिक्रि गर्ने अवस्था नभएको ले किसानहरु ठूलो समयामा परेको उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

यस्तो संकटको घडिमा किसान तथा ब्यवसायिलाई ब्यवसाय बचाउनको लागि गाउँपालीकाको संम्रक्षणकारी भुमिका रहने किसानहरु बताउँछन् ।

संक्रमणकाल अवधिभरको बैंक ब्याज मिनाहाका लागि पालिकाले सिफारिस गरिदिनु पर्ने , सरकारी तवरबाट पालिका भरिमा रहेका लेयर्स तथा बोईलर कुखुराको विवरण संकलन गरि राहत उपलब्ध गराउन माग गर्दै कुखुराको लागि चाहिने आवश्यक दाना किसानले प्राप्त गर्न नसकेको र उत्पादन भएको अण्डा , कुखुराका चल्ला समेत बिक्री हुन नसक्दा नस्ट गर्नु बाहेक अन्य विकल्प नभएका कारण पालिका बाट वितरण गरिने राहत कार्यक्रममा पोल्ट्रीजन्य उत्पादनलाई पनि समावेश गर्नुपर्ने माग गरिएको छ ।

                                                                 ज्ञापनपत्र

पोल्ट्रीजन्य वस्तु आयात निर्यातमा सहजीकरण गर्दै सामान ढुवानी गर्ने सवारी साधनलाई सेनेटाइजर गर्ने ब्यवस्था मिलाउनु पर्ने , पालिका सिल भएको अवस्थामा ब्यवसाय सुचारु राख्न सहजीकरण गर्नुपर्ने , आव २०७७ र०७८ को बजेटमा पोल्ट्री ब्यवसायका लागि विशेष अनुदानका कार्यक्रम ल्याउन समेत माग गरिएको छ ।

मकवानपुर कुखुरा संघका सचीव गम्भिरराज न्यौपाने र सह-कोषाध्यक्ष प्रकाश दहाल द्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्र बुझाउन उहाँहरु लगायत अन्य कुखुरा ब्यवसायिहरुको समेत उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*