जेठ १०, हेटौंडा
नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले कोरोना सचेतना अभियान अन्तर्गत वडा प्रहरी कार्यालय हेटौंडालाई सर्जिकल माक्स तथा सेनिटाइजर हस्तान्तरण गरेको छ ।
हेटौंडा उपशाखाले सक्षम औसधि पसल र सम्पूर्ण औसधि पसल, हेटौंडा १ को सहयोगमा १००० थान सर्जिकल माक्स तथा २.५ लिटर हेन्ड सेनिटाइजर हस्तान्तरण गरेको हो । स्वास्थ सामाग्री हेटौंडा उपशाखा सभापति शिबहरि दाहाल, नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका सभापति सुर्यचन्द्र न्यौपाने तथा हेटौंडा उपमहानगरपालिका ४ नं वडाका अध्यक्ष नवीन सिग्देल र सम्पुर्ण औसधि पसलका प्रोपाइटर बब्लु पान्डेले संयुक्त रुपमा वडाका प्रहरी कार्यालयका निरीक्षक इश्वरि भण्डारीलाई हस्तान्तरण गरेका थिए ।
कोरोनाको महामारिमा २४ घन्टा आफ्नो कार्यस्थलमा खटिनुपर्ने हुदा जोखिमलाई न्युनिकरण गर्न सहयोग पुग्ने हेतुले नेपाल प्रहरीलाइ सहयोग हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति शिबहरि दाहालले जानकारी दिए । स्वास्थ सामाग्री उपलब्ध गराउने सम्पुर्ण औसधि पसलका प्रोपाइटर बब्लु पान्डेयले कोरोनाको महामारिमा रास्ट्र सेवक प्रहरिलाइ स्वास्थ सामाग्री उपलब्ध गराउन पाउँदा खुसी लागेको र आबस्यकता भए अनुसार अझै स्वास्थ सामाग्रीहरु सहयोग गर्ने बताए ।