जापान बस्ने नेपालीहरुद्धारा बनकरिया र चेपाङ्ग परिवारलाई राहत

हेटौंडा टुडे
१७ जेष्ठ २०७७, शनिबार १४:२८

जेठ १७, हेटौंडा

जापानमा बस्दैं आएका नेपालीहरुले पठाएको राहत बनकरिया र चेपाङ्ग समुदायलाई प्रदान गरिएको छ ।
लामो समयदेखी जापान बस्दैं आउनुभएका निर्माण व्यवसायी रमेश तिवारीको सक्रियतामा जापानमा संकलन गरिएको राहत निर्माण व्यवसायी संघ मकवानपुर मार्फत प्रदान गरिएको हो । लक डाउनको कारण समस्यामा परेका मकवानपुरको मनहरी गाँउ पालिका वडा नम्बर ४ मा बसोबास गर्दै आएका लोपन्मुख जाती बनकरिया र समस्यामा परेका बिपन्न चेपाङ्ग परिवारलाई राहत प्रदान गरिएको छ ।
कोरोना भाईरसका कारण लामो समयदेखी सरकारले लक डाउनको घोषणा गरेको छ । लक डाउनका कारण दैंनिक ज्याला मजदुरी गरेर खाने बिपन्न परिवारलाई चामल, दाल, तेल, सोेयाबिन, लगायतका तरकारी र खाद्यन्न प्रदान गरिएको निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्याम ढकालले जानकारी दिनुभयो ।
जापान बस्नुहुने हेटौंडा २ निवासी युवा समाजसेवी एवम् निर्माण व्यवसायी संघका पुर्व कार्यसमिति सदस्य रमेश तिवारीले प्रवासमा रहेर पनि लक डाउनको कारण नेपालमा समस्यामा परेका दुःखी, गरिबलाई सहयोग गर्ने कोसिस गरेको बताउनुभयो । पहिलो चरणमा बनकरिया र चेपाङ्ग बस्तिका परिवारलाई खाद्यन्न प्रदान गरिएको बताउँदैं तिवारीले थप राहत पनि बाड्ने तयारी भएको जानकारी दिनुभयो । हामीले सक्नेजती सहयोग गर्नेछौं उहाँले भन्नुभयो : यता जापानबाट पठाएको राहत निर्माण व्यवसायी संघ मकवानपुर मार्फत समस्यामा परेका आम नागरिकको हातमा पुर्याउछौ  छौं ।
पहिलो चरणमा तिवारीको सक्रियतामा जापान बस्नुहुने व्यवसायी नरेश केसी मुनु, राजेश पुडासैंनी, राकेश पुडासैंनी, साबित्रि तिवारी ढकाल, भरतराज कडेँल, जिम्बा भक्त र पुजा ढकालले नेपाली ४५ हजार रुपैंया सहयोग रकम पठाइएको तिवारीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*