मकवानपुरगढीमा तयार भयो दाना उद्योग ,छिट्टै उत्पादन सुरु गर्ने

हेटौंडा टुडे
२७ जेष्ठ २०७७, मंगलवार २२:१३

जेठ २७ , हेटौडा

मकवानपुरगढी गाउँपालिका वडा नम्ब ३ कालिखोलामा दाना उद्योगको भवन निर्माणको काम सकिएको छ । उद्योगका लागि मेसीन राख्ने काम अन्तिम चरणमा पुगेको छ । किसानले पालेका गाई भैसीलाई चाहिने दाना उत्पादन गर्नका लागि उद्योग स्थापना गरिएको हो । दाना उद्योगको भवन निर्माणको काम सकिएको वताउँदै गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई भन्नुहुन्छ–‘दाना उद्योगका लागि कार्यालय पनि वन्यो, मेसीन आउँदैछ । आउँदो आर्थिक वर्षबाट दाना उत्पादन गर्न सुरु गरिन्छ ।’

हाल सम्म दाना उद्योगका लागि गढी गाउँपालिकाले ६० लाख रुपैयाँ, बिभीन्न दुग्ध उत्पादक सहकारी संस्थाबाट एक करोड रुपैयाँ, बागमती प्रदेश सरकारको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयबाट ३४ लाख रुपैयाँमा काम भएको उहाँले वताउनुभयो । दाना उद्योगका लागि मकवानपुर क्षेत्रनम्बर २ का सांसद विरोध खतिवडाको पहलमा जेठ १५ गते प्रस्तुत गरिएको वजेटमा एक करोड रुपैयाँ छुट्याइएको छ । तीनै तहका सरकार र सहकारी समेतको लगानीमा दाना उद्योग निर्माण गर्न लागिएको सांसद खतिवडाले वताउनुभयो । संघीय सरकारको यसअघि वजेट नभएपनि आउँदो आर्थिक वर्षमा खर्च गर्नेगरी एक कोड रुपैयाँ छुट्याइएको उहाँले वताउनुभयो । दाना उद्योग गढी गाउँपालिकाको मात्र भन्दा पनि जिल्लाभरीकै किसानका लागि उपयोगी हुने छ  ।

जनपत्र अनलाई पत्रिकाबाट साभार

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*