जेठ ३२,हेटौंडा /बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । ३४ बर्षिय राजपुतले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । इन्डिया टुडेका अनुसार सुशान्त लकडाउन यता घरमा एक्लै थिए ।
उनको पोस्टमार्टम रिर्पोट आउन बाँकी छ ।
‘कोई पो चे’बाट बलिउडमा डेब्यु गरेका सुशान्त अभिनित ‘केदारनाथ’, ‘छिछोरे’, ‘एम।एस धोनी’, ुपिकेु, ुशुद्ध देसी रोमान्सु, ुसोनचिडैयाु लगायतका फिल्म प्रदर्शनमा आएका छन् । फिल्म अगाडि उनी टेलिभिजनमा काम गर्थे । उनका साथीले आज तकलाई बताए अनुसार उनी पछिल्लो ६ महिनादेखि डिप्रेसनको शिकार थिए ।
उनको घरमा काम गर्ने कामदारले प्रहरीलाई सुशान्तले आत्महत्या गरेको जानकारी दिएका थिए। उनको आत्महत्याको कारण भने अझै खुलिसकेको छैन।
गत जुन ८ मा सुशान्तकी म्यानेजर दिशा सलियनले पनि आत्महत्या गरेकी थिइन्।
सुशान्तको आत्महत्यापछि यतिबेला बलिउड शोकमा डुबेको छ। बलिउड कलाकार तथा क्रिकेटरहरुले उनको निधनप्रति दुःख व्यक्त गरेका छन्।
बलिउड अभिनेता सञ्जय दत्तले सुशान्तको आत्महत्याको खबरले आफू स्तब्ध भएको लेखका छन्। साथै उनले सामाजिक सञ्जालमार्फत सुशान्तको परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
त्यस्तै भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदिले पनि ट्वीट गरेर बलिउडमा ठुलो क्षति भएको बताएका छन् ।
यस्तै बलिउड अभिनेता अक्षय कुमारले ट्वीट गरेर आफू निशब्द भएको उल्लेख गरेका छन्।
भारतीय क्रिकेटर सचिन तेन्दुल्करले ट्वीट गर्दै प्रतिभाशाली युवा सुशान्तको आत्महत्याको खबरबाट आफू दुःखी भएको बताएका छन्।
यस्तै बलिउड अभिनेत्री मनिषा कोइरालाले पनि सुशान्तको आत्महत्याबाट आफू स्तब्ध भएको बताएकी छन्।
यस्तै बलिउड अभिनेता विक्की कौशल, गायक तथा संगीतकार अदनान सामी, बलिउड अभिनेता अजय देवगन, शाहिद कपूर, रितेश देशमुख, अभिनेत्री सोनाक्षी सिन्हा लगायतका कलाकारहरुले सामाजिक सञ्जालमार्फत सुशान्तको आत्महत्याको खबरबाट स्तब्ध भएको बताएका छन्।