कति छ आज सुनचाँदीको भाउ ?

टुडे संवादाता
२८ असार २०७७, आईतवार १२:२१

असार २८,हेटौंडा/आइतबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९२ हजार १ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ६६० रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य पनि प्रतितोला ९८० रुपैयाँमा आएको छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार २ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image