साउन १६,चितवन /चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ ।मृत्यु हुनेमा प्रहरी हबल्दार अर्जुनकुमार थापा रहेको बुझिएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा३ख १५४७ नम्बरको बसको ठक्करबाट को मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३–०३–००१प६३२५ नम्बरको स्कुटरलाई बसले बिहीबार साँझ ठक्कर दिएको थियो । गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
सेयर गर्नुहोस्