पाटन अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको मृत्यु

टुडे संवादाता
१६ श्रावण २०७७, शुक्रबार १५:५५

साउन १६,काठमाडौं/पाटन अस्पतालमा उपचार गराइरहेका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । उहाँको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले पुष्टि गर्नु भएको हो ।

अस्पतालका निर्देशक शर्माका अनुसार अस्पतामा उपचार गराइरहेकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका निर्देशक शर्माका अनुसार कोरोना सङ्क्रमणसँगै ती महिलालाई उच्च रक्तचापको समस्या पनि थियो ।

गएको ६ गते अस्पताल भर्ना भएकी उहाँको स्टार अस्पतालमा कोरोना परीक्षण भएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उहाँको पाटन अस्पतालमा उपचार भइरहेको थियो ।
वीरगञ्जबाट काठमाण्डौ आएसँगै उहाँमा रुघाखोकीलगायतको समस्या देखिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*