मंगलबार सुनको मूल्य ९९ हजार ८०० पुग्यो

टुडे संवादाता
२० श्रावण २०७७, मंगलवार १२:४१

साउन २०,काठमाडौं/नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला ९९ हजार ८०० पुग्दै नयाँ रेकर्ड कायम भएको हो ।

मंगलबार सुन तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ९९ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image