बलात्कारको अभियोगमा कालीकोटका वडाध्यक्ष जेल चलान

टुडे संवादाता
२४ श्रावण २०७७, शनिबार १५:३२

साउन २४, काठमाडौँ /बलात्कारको अभियोगमा कालीकोटका वडाध्यक्ष जेल चलान भएका छन ।  कालीकोटका खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाही पूर्पक्षका लागि जेल चलान भएका हुन ।

शुक्रबार जिल्ला अदालत कालीकोटले ५१ वर्षीय शाहीलाई कारागार चलान गर्ने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिए ।
जबरजस्तीकरणी मुद्दामा प्रमाण बुझ्न समय लाग्ने भएकाले अदालतबाट पूर्ण फैसला नभएसम्म वडाध्यक्ष शाहीलाई कारागार चलान गरिएको घिमिरेले बताए ।
वडाध्यक्ष शाहीमाथि बहिनी नाता पर्ने १६ वर्षीया किशोरीमाथि पटकपटक बलात्कार गरेको आरोप लागेको थियो । वडाध्यक्ष शाहीले ती महिलालाई २०७४ सालमा आफ्नो घरमा लगी बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ ।

किशोरीलाई वडाध्यक्ष शाहीले विभिन्न बहानामा धम्काएर बलात्कार तथा यौनहिंसा गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको एक प्रहरी अधिकृतले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*