
काठमाडौं/अप्रत्यासित रुपमा बढेको सुनको मूल्य बुधबार एकै दिन रु.६ हजार घटेको छ। मंगलबार रु.एक लाख एक हजार ६ सय रहेको सुनको मूल्य बुधबार ६ हजार बढी घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, सुनको मूल्य ६ हजार दुई सयले घटेर ९५ हजार चार सय कायम भएको छ। बन्दाबन्दी पछाडि अप्रत्यासित बढेको सुनको मूल्य तोलाका रु. एक लाख तीन हजार पाँच सयसम्म पुगेको थियो।
बुधबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलाको रु.१२ सय १० कायम भएको छ। एकै दिन चाँदीको मूल्य पनि रु. दुई सय २५ घटेको छ। चाँदीको मूल्य रु.१४ सय ३५ सम्म पुगेको थियो।


सेयर गर्नुहोस्