रेडियो बुलेटिनले भोली कोभिड १९ सम्बन्धी अन्तरक्रिया गर्ने

हेटौंडा टुडे
१२ भाद्र २०७७, शुक्रबार १३:०४

हेटौंडा । रेडियो बुलेटिन ८९.७ मेघाहर्जले भोली शनिबार अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।  बिश्व नै कोभिड १९ ले आक्रान्त पारीरहेको यो बिषम् परिस्थीतिमा मकवानपुरमा पनि पछिल्लो केही दिन यता निरन्तर संक्रमण बढीरहेको छ । यसैलाई मध्यनजर गर्दै रेडियो बुलेटिनले मकवानपुरबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यहरु, संघियसभा सदस्यहरु, बागमति प्रदेशसभा सदस्यहरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख र उपप्रमुख, हेटौडा उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख, नागरिक समाज, स्वास्थ्य क्षेत्रका ब्यक्तिहरु तथा सुरक्षा निकायका प्रमुखहरु र प्रमुख जिल्ला अधिकारीबिच कोभिड १९ ले ‘ मकवानपुरमा पारेको प्रभाव र जनप्रतिनिधीको भूमिका ‘ बिषयक अन्तरक्रिया कार्यक्रम भच्र्युअल माध्यमबाट गर्ने भएको छ ।
मकवानपुरबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र सरोकारवाला सबैसग मकवानपुरमा बढीरहेको कोरोनाको जोखिम कसरी कम गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्न थालिएको रेडियो बुलेटिनका प्रबन्ध निर्देशक अनिलकुमार खातिले बताउनु भयो । सबै मिलेर जाने हो भने कोभिड १९ बिरुद्धको लडाई जित्न सकिने तर कसैले पनि यसरी एकै ठाउमा राखेर सबै जनप्रतिनिधि र सरोकारवाला पक्षसग छलफल नचलाइरहेकोले आफुहरुले यो कार्यक्रम गर्न थालेको उहाको भनाई रहेको छ ।  कार्यक्रम भोली भाद्र १३ गते शनिबार बिहान ११ बजेबाट जुम एप मार्फत हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*