चुरेहिल अस्पतालका ३ जना कर्मचारि होम क्वारेन्टिनमा

हेटौंडा टुडे
३ आश्विन २०७७, शनिबार २१:२३

हेटौंडा । हेटौंडा ११ चुरेहिल अस्पतालका ३ जना कर्मचारि होम क्वारेन्टिनमा बसेका छन ।

आज दिउसो नारायणघाटबाट हेटौंडातर्फ आउँदै गरेकोे बा ३ ख ९६६४ नम्बरको मिनिबस र विपरित दिशातर्फ जाँदै गरेको ना ४९ प २४०० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भरतपुरका  २९ वर्षीय दिपेन्द्र अधिकारीको अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो ।

सावारि दुर्घटनामा परि मृत्यु भएका अधिकारिको मृत्यु पश्चात मात्र उनि कोरोना संक्रमित हुन भन्ने जानकारि अस्पतालले पाएको थियो ।
अधिकारिको उपचारको क्रममा संग्लन रहेका तिन जना कर्मचारि होम क्वारेन्टिनमा बसेका अस्पतालका म्यानेजर सुरेन्द्र बडुले जानकारि दिनु भयो । क्वारेन्टिनमा बसेका मध्ये एक डाक्टर, एक नर्स र एक जना प्यारामेटिक स्टाफ रहेको बडुले जानकारि दिनु भयो ।

कोरोना संक्रमित बकैया गाउँपालिकाका सव इन्जिनियरका रुपमा कार्यरत थिए । अधिकारिको शव व्यवस्थापनको लागि साझ नेपालि सेनाको टोलि चुरेहिल अस्पताल आई ब्यबस्थापनको निम्ति लगि सकेको बडुले जानकारि दिनु भयो ।

संक्रमित युवाको इमर्जेन्सी कक्षमा मृत्यु भएपछि स्थानिय प्रसासनले अस्पतालको इमर्जेन्सी कक्षमा केहि समयको लागि सिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image