हेटौंडा/नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिका १६ जुरेन्युरो टोलमा सोमबार बडादशैंको शुभकामना आदानप्रदान तथा विभिन्न पार्टी प्रवेश कार्यक्रम गरेको छ ।
कांग्रेस हेटौंडा १६ का सभापति एवं वडा अध्यक्ष रामकृष्ण कोईरालाको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता, मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा वडादशैंको पूर्व सन्ध्यामा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम भएको हो ।
हेटौंडा उपमहानगरपालिका १६ जुरेन्युरो टोलका नेकपा र राप्रपाका ८९ जनालाई नेपाली कांग्रेसमा प्रवेश गराएको छ । नवप्रवेशीहरुलाई नेता बानियाँले पार्टीको सदस्यता दिएर पार्टीमा स्वागत गर्नुभएको हो ।
पार्टी स्वागत गर्दै कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति बानियाँले जनताले ठूलाचे आशाका साथ कम्युनिष्टलाई भोट दिएपनि अहिले जनताको आशामा तुसारापात गरेको बताउँदै कोरोनाको महामारीमा आक्रान्त बनेका जनतालाई कम्युनिष्ट सरकारले पिसिआर, खाद्यान्न वितरण, आईशोलेशन र क्वारेन्टाईन बनाउने नाममा करोडौं भ्रष्टाचार गरिरहेको बताउनुभएको छ ।
नेता बानियाँले अहिलेको कम्युनिष्ट सरकारले किसान, मजदुर, गरिबको नाममा राजनीति गरेर सरकारमा पुगेपछि आफू र आफ्नो छोराछोरीलाई भ्रष्टाचारमा कसरी लिप्त हुने र धन कमाउन सिकाईरहेको बताउँदै कोरोना महामारीमा विद्यालयमा पढाउन असम्भव भएकाले गाउँगाउँमा ईन्टर, विद्युतको पहुँच पु¥याएर शिक्षकलाई अनलाईबाट पढाउन सिकाउन तालिम दिलाउन सरकारसंग माग गर्नुभएको छ ।
आउँदै गरेको हिन्दु धर्मालम्बीहरु महान चाड बडादशैको शुभकामना व्यक्त गर्दै नेता बानियाँले कांग्रेसले नवप्रवेशीलाई योग्यता र क्षमताकोृ आधारमा पार्टीमा उपयुक्त स्थान दिईने बताउनुभयो ।
कार्यक्रममा कांग्रेस मकवानपुरका जिल्ला सदस्यहरु कृष्णप्रसाद दाहाल, नामदेव सिलवाल र भीमसेन महत, क्षेत्रीय सचिव जनक धिताल, हेटौंडा उपमहानगर सभधापति आनन्दराम पराजुली, पूर्व जिल्ला सदस्य कृष्णप्रसाद सापकोटा, वडा सल्लाहकार हरिप्रसाद अर्याल, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, तरुण दल जिल्ला सचिव सचित थापालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी कार्यक्रममा गीता राईको अध्यक्षतामा ९ सदस्यीय जुरेन्युरो टोल कमिटिसमेत गठन गरेको छ । जसको उपाध्यक्ष सुर्य श्रेष्ठ, सचिव सीमा गौतम र सदस्यहरुमा अर्जुन बि.क., गणेश प्रजा, दीपक राई, सुनिता राई, रुपेश सुपेदी र विनोद बस्ताकोटी रहेका छन् ।